भन्नुस है सुवासिनी,कस्को प्यार ठुलो?
हजुरकै जित हो या,मेरो हार ठुलो?
फूल साटेँ काँडा रैछ,खोपाएछु मुटु,
पुष्प-पत्रै बिझायो रे,कस्को मार ठुलो?
म सर्बस्व गुमाएर, रित्तो छैन कत्ति,
लुट्ने हजुर लुटिने म,कस्को भार ठुलो?
खहरेझैँ बग्नु हुन्थ्यो, म सुस्तरी चल्दा,
सोध्नुहुन्थ्यो बाजी गरौँ,कस्को धार ठुलो?
म यहाँको नजरैमा,घटे पनि आज,
ईमानको बातमा कस्को आकार ठुलो?
अनन्त लम्साल "बगर"
बागेशोरी ४, नुवाकोट |