हिमचुली डाँडाँपाखा यो मधेसको कथा।
लेखेँ फेरी आज हाम्रै परिबेशको कथा।
माया गरेजस्तो लाग्ला,हेँला होला पछि,
लिने कुरा पर छोडौँ,भो अडेशको कथा।
जाती लाग्छ हेर्दा सबै,घाती तर आफ्नै,
हामीबिचै जारी छ,उपनिबेशको कथा।
मानचित्र सानो लागे,खोज्नु आँफैभित्र,
मनभरी पढ्नु अनि,आफ्नै देशको कथा।
बुद्ध भई सबैजना,सङ्गै हिंड्ने पालो,
पार लगाउने हो कि,अब ठेसको कथा।
माटो चुमी हेर्नु मिली,पुण्य ठुलै हुन्छ,
सय थरी एकै हुन्छौँ,भाषाभेषको कथा।
निभेजस्तो लागेपनि,ज्योतिपुञ्ज हामी,
चिनेपछी अन्त्य हुन्छ,अवसेशको कथा।
ज्योतिपुञ्ज सुरेश |