छट्पटि यो कस्तो, मनमा लाग्छ आजकल
निँद पनि छोडेर, कता भाग्छ आजकल
कसरि भनुँ समयले रुवाएको भनि,
भाग्यसँगै धेरै रिस जाग्छ आजकल ।
म र उनि दुवै मुटु कोसौँ टाढा अचेल,
अनायासै अश्रुले परेलि नाग्छ आजकल ।
हरपल पल कल्पेर बस्नु उन्कै याद
जीउनुको सार भो जस्तो लाग्छ आजकल ।
राजु दाहाल |