आफू भित्र आफैँ हराई
आफैँ भित्र खोजी हिंडें !
सडकहरु छाडी कतै
गोरेटा ती रोजी हिंडे !!
होस भित्र जिन्दगीको
बेहोसीपन खोजी हिंडे !!
अरु हाँस्दा अलिकति
आफू पनि हाँसी हेरें !
आफू रुँदा कोहि रोएनन्
आफ्नै मुटु छामी हेरें !!
सडक हरु छाडी कतै
गोरेटा ती रोजी हिंडे !!
आफू आफैँ भित्र मरी
अरुका लागि बाँची हेरें !
घृणा गर्ने हरुका लागि
थोरै माया साँची हेरें !
आफ्नै चित्र जिन्दगीको
आफैँ भित्र कोरी हेरें !!
- बासु ढकाल
|