के भन्नु र अब मैले छोडि जानेलाई
ब्यर्थै होला मेरी भन्नु मुटू तोड्नेलाई
लुकाई राखे छातिभित्र सधै उनि लाई
तर पनि सम्झि रै छु मैले उनिलाई
के वयान गर्नु मैले छाति फोड्नेलाई
ब्यर्थै होला मेरी भन्नु मुटू तोड्नेलाई
सुन्दर रुपको बयान गर्दै गयौ उनै सँग
सम्झाउदा रिसाउछौ तिमी मै सँग
किन मैले बोलाउनु बिश्वास तोड्नेलाई
ब्यर्थै होला मेरी भन्नु मुटू तोड्नेलाई
के भन्नु र अब मैले छोडि जानेलाई
ब्यर्थै होला मेरी भन्नु मुटू तोड्नेलाई |