रुँदा आउने आँशुलाई, गीत बनाई दिएँ ll
हत्केलालाई पात मानि, शीत बनाई दिएँ ll
हृदयलाई घाम सम्झी, सुकाई दिएँ शीत l
सुख उड्यो बाफ बनि, दु:ख भयो मीत l
मीतसंगै जिउँछु म त, जूनी जूनी बरु l
दुई दिनका पाहुना रै'छन् देखेका ति अरु l
मनको बह पोखाएर, गीत बनाई दिएँ ll
जिन्दगीको गीतसंगै, प्रीत लागाई दिएँ ll
|