मेरै मनको संघारमा, मुटु पोखेछन्
मेरै मनको तराजुमा, माया जोखेछन्
मुटु पोखेछन् राजै,
माया जोखेछन्
छोडी गा'को मुटु उनको, उठाउन खोज्छु
हात काप्दा साहस धैर्य, जुटाउन खोज्छु
आफैंभित्र हल्का हुने, बाटो रोजेछन्
मेरै मनको संघारमा, मुटु पोखेछन्
मुटु पोखेछन् राजै,
माया जोखेछन्
पराइको मुटु थाम्न, गारो हुने रैछ
आफ्नै धड्कन उसरी नै, सारो हुने रैछ
म त उनमै हर्राईथें, खोज्नु खोजेछन्
मेरै मनको संघारमा, मुटु पोखेछन्
मुटु पोखेछन् राजै,
माया जोखेछन्
© रमेश पौडेल
|