चन्चले त्यो तिम्रो बानी हजुर, मेरो भन्नु केहि छैन
चन्द्रमा झै बल्ने मेरी हजुर, खोट लाउने ठाउँ छैन
त्यसैलेनै मैले, तिमी सँग प्रीत लाएँ
तिम्रो मेरो जीन्दगीको, मित लाए
मेरो हासोँ मेरो खुशी भन्नुनै त, तिम्रो अधर नै हो
सुख दुख जीन्दगीका, मेरो लागी तिमी नै छौ
रिजाउने मेरो मन हजुर, खोट लाउने ठाउ छैन
हजार नयनमा झुल्किएकी हजुर, मेरो गुनासो केहि छैन
त्यसैलेनै मैले, तिमी सँग प्रीत लाएँ
तिम्रो मेरो जीन्दगीको, मित लाए
साथ पाए तिमि जस्ती हजुर, मेरै सौभाग्यले होला
विति दिन्छन चारै प्रहर हजुर, तिमि साथ भई दिदा
सारै मिठो बोली हजुर, गुनासोनै मेरो केहि छैन
दिलैबाट झुल्किएकी हजुर, खोट लाउने ठाउ छैन
त्यसैलेनै मैले, तिमी सँग प्रीत लाएँ
तिम्रो मेरो जीन्दगीको, मित लाए
चन्चले त्यो तिम्रो बानी हजुर, मेरो भन्नु केहि छैन
चन्द्रमा झै बलेकी मेरी हजुर, खोट लाउने ठाउँ छैन
त्यसैलेनै मैले, तिमी सँग प्रीत लाएँ
तिम्रो मेरो जीन्दगीको, मित लाए
सुरेन्द्र ईङ्नाम |