Content on this page requires a newer version of Adobe Flash Player.

कथा
लघु कथा "स्थगित पाइेलाहरु" आचार्य प्रभा
आफ्नो अपाङ्ग श्रीमानको अवस्थाबाट निरश निलिमा। केहि सोँच्दै हिँडीरहेकी त्यो क्षणमा एक्कासी बाटो माथीको घरबाट एउटी नारीको बिह्वल क्रन्दन सहितको चित्कारले झस्किन्छे। उक्त नारी फत्फताउँदै हुन्छे । "यस्तो बेकारी लोग्ने हुनु भन्दा त बरु अपाङ्ग नै भएको भए म आफै पाल्दथेँ । कम्सेकम माया त पाउँथेँ? सपाँग भएर त्यो बल,बैंश के काम? स्वास्नी कुट्न बाहेक........ । रातभर डुल्यो,जाँड धोक्यो अनी आएर मलाई सतायो। बरु भाँच्चिनु नि ती खुट्टाहरु!!!!! डुलेर जाँड धोक्न त सक्ने थिएनन् ? हरे!!!!कस्तो कर्म लिएर आएछु। लोग्ने हुँदा हुँदै पनि यो हालत........।" यी वाक्यहरु निलिमाका कानमा अनायस ठोक्किन पुग्छन र उस्का अघी बढेका गोडाहरु एक्कासी स्थगित भएर आफ्नै घरतर्फ फर्कन लालायित बन्छन् ।जुन पाइेलाहरु आफ्नो लोग्नेको शिथिल अवस्थाबाट निरश बनेर उस्ले आफ्नो माइतितिर बढाइेरहेकी थिइे ।