प्रिय कबि
तिमि ऐलान गरिदेउ
मलाई सन्चो छैन
आखा छन -देखिरहेछु
कान छन -सुनिरहेछु
मुख छ -बोलिरहेछु
नाक छ -सुघिरहेछु
लाग्दो हो मान्छेहरुलाई
म सन्चै छु
कतै बेरीएको छु-काडेतारले
कतै छेकीएको छु -हिमालले
कतै काटीएको छु -पानीको धार
मान्छेहरुलाई लाग्दो हो
म सुरक्षित छु
तर,
इतिहासको कुनै कालखण्डमा
म यति बिध्न बिसन्चो भएन कैले
म यति धेरै असुरक्षित भएन कैले
धरोधर्म!प्रिय कबि
कस्तो अलच्छेना देख्छु सपना पनि
कोहि मेरो गला निमोठी रहन्छ र
निल्न खोज्छ अजिगंर झैँ
मलाई यस्तो लाग्छ
मेरो गर्दन निरै तरवार लटकीरहेछ
प्रिय कबि
तिमि ऐलान गरिदेउ
म विर्यदान मागीरहेछु
एउटा स्वस्थ विर्य
एउटा सबल विर्य
मैले
पहाड जस्तो -अटल
हिमाल जस्तो -स्निग्ध
बतास जस्तो -तेज
आगो जस्तो- रापिलो
एउटा नया
समय जन्माउनु छ र
जन्माउनु छ फेरी
-बलभद्रहरु
-भीमसेन थापाहरु
-अमर सिंहहरु
-भक्ति थापाहर
नालापानी जस्तै कालापानी दुखदा
कोहि गर्जन सकेन
सुस्ता रुदा कागडा र टिस्टा जस्तै
कसैले आशु पुछ्न सकेन
मेरो छातीमा दिउसै छिमेकिका
साढेहरु मच्चिदा पनि
फुटन सकेन कसैको बोलि
सत्य रामो राम !
यस्तो लाग्दैछ
मेरै घर भित्र सायद
लेन्डुप दोर्जे हुर्के रहेको छ
मिर जाफर खेल खेली रहेको छ
प्रिय कबि!त्यसैले
-नया आस्था जन्माउन
-नया बिचार जन्माउन
-नया चेतना जन्माउन
म विर्यदान मागीरहेछु
एउटा स्वाभिमानि विर्य
एउटा आमा प्रेमी विर्य
प्रिय कबि
तिमि ऐलान गरिदेउ
मलाई सन्चो छैन
देशलाई सन्चो छै
यु.के. |