चोक्लुंग, 
चोक्लुंग माथिका
झुपडीहरुमा
ताक्मारेको धान काटेर
केराको पात माथि
नाम्स्या छर्दैछन्
फेदंगमाहरु ................\
मांग
हांग
खुसि रहुन
आहुति...
गुरासको फूलहरु
कटुसका पातहरु
तिते माछा
भिर महुरिका महहरु
भस्मे अनि
खोरियाहरु
लाखौ मेरा
आदिम बस्तिहरु .............\
जुहेली फुल्दै छ
तक्संग्बाको आँखा भरि भरि
सेता सेता फूलहरु
भुन्टी र चिम्से
हर्स उल्लास
आज
हाम्रो घरमा नाम्श्या छ ......\
आज
घरको भित्ता भित्ताहरुमा
सेरी झर्दैन
अगेनी अगेनीहरुमा
लरांग आउदैन
बुढी आमाले
चिँदो बाट
चिम्फिंग
चीमोट्नु पर्दैन
खरानी छामेर
तमफोंग्ना मन्सौनु पर्दैन
आज चासोक ......................\
फेदंगमा
मुन्धुम
"तागेरा निन्ग्वाफु मांग"
युपा-तरंग
सामयांग-तरंग
चोक्लुंग चोक्लुंग
थेबा-हिम
तुमम्याहांग तुमम्याहांग
कति भाग्यमानी .......\
आज मिसु
झुपडी माथि हासेकी छे
आगन भरि बच्चाहरु
लि-केवा गर्दै छन्
आमा अगेनीमा ब्यस्त .......\
आज
खुसि धुवा भएर उड्दै छ
सपना आशा बनेर पाक्दै छ
गाउँ घरको बुढा पाका
आसिश दिन्छन
सेवालुंग सेसे
फक्तान्ग्लुंग सेसे
तर ..............
तर भोलि उही ..
साथी
एकहोरो उही ....
उही दिनको कल्पनामा
बर्सदिन बिताउनु छ
लामो लामो एक वर्ष .........
बस एक वर्ष .....
- ईन्द्र लिम्बु
|