आगो आगो जताततै पानी पानी
आगो पानी जताततै पानी आगो
के पानी राम्रो भन्छौ के ताल गहिरो
भए पानी बढि चल्छ बाढी पहिरो ।
म जान्दिन बग्न भएर मग्न
म जान्दिन बल्न भएर न्यानो
जलकै कणले जिब्रो रसिन्छ
जलकै रणले जिब्रो कसिन्छ ।
बग्छ आगो जलाई दिन्छ माटो
बग्छ पानी बगाई दिन्छ माटो
न आगो मात्रले चल्दछ सृष्टि
न पानी मात्रले बल्दछ सृष्टि ।
आगो नहुदा पनि काम्दछ जीवन
पानी नहुदा पनि सुक्दछ जीवन
न रोक्ने तागत छ मानव तिम्रो
न छेक्ने साधन छ मानव तिम्रो
पर्यो पानी ओहो ! अति बर्षा पर्यो
झर्यो पानी ओहो ! अघोर बाढी चल्यो
बल्यो ल बल्यो कठै ! प्रकृति जल्यो
पशु र पंछि कठै ! यो धरती जल्यो ।
राहत मिल्दछ हेर एक रुपैया दिए दान यहाँ
आहत मिल्दछ करोड, करोडौ जनताका त्यहाँ
भानु भक्तले भने यो जगतमा मरि लानु के छ
देवकोटाले भने केहि गर आज छोडी जानु जे छ ।
आगो आगो जताततै पानी पानी
आगो पानी जताततै पानी आगो
के पानी राम्रो भन्छौ के ताल गहिरो
भए पानी बढि चल्छ बाढी पहिरो ।
केदार सांकेत
(आजको प्रकृति प्रकोपलाई हेर्दै )
रचना काल आज बिहान १० बजे हाल काबुल बाट ।
|