हो ! म अचेल गर्भवती छु
हो ! म अचेल गर्भवती छु l
मेरो भ्रुणदानीमा
सदियौं देखि बेहिसाब रहेको
मानव इयत्ता नाप्ने
एक अबोध बालक छ l
तर त्यो बालक जन्मिन
मिती तोक्ने डाक्टर छैन यहाँ l
समयसंग बर्षौं सम्भोग गरेर
मुस्किलले गर्भाधान भएको थियो l
यसकारण कि,
बगुन्द्र मान्छेका सपनाहरु
मेरो नाबालक हेर्ने रहरमा
सडकको बिचैमा पोखिएको छ l
बेफिक्री आफ्नै रुखो पाखोमा
हजारौं आत्महरुको दहन भएको छ l
त्यही सपनाहरु बटुल्ने
त्यसैको लागि नसिहत दिने
बालक मेरो गर्भमा छ l
हो ! त्यसैले म गर्भवती छु l
मेरा जनपथिक डाक्टरहरु
सत्ताको आलिंगनमा अन्धो भएर
म गर्भवती रहेँ !
मेरा शल्यक्रिया गर्ने स्वास्थ्य कर्मीहरु
मन्त्रालयको भत्तामा भुलेर
म गर्भवती रहेँ !
आज म आफै लज्जित छु l
मैले एउटा बालक जन्माउँन सकिन
देशको जनस्वास्थ्यले
मेरो पेटको शल्याक्रिय गर्न सकेन l
अपिच्या नीति
र
गुह्या संस्कारको
शल्यक्रिया गर्न सकेन,
थुईक्क,,,,,
यो देशका जनपथिक डाक्टरहरु
मेरो गर्भमा रहेको
बालक जन्माउने
मिती तोक्न सकेन l
मेरो गर्भको बालक
गर्भ मै मच्चिदैछ l
गर्भ मै थाच्चिदैछ l
हो ! त्यसैले म गर्भवती छु l
२२ साउन २०६७
शनिबार
|