Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
कविता

हावाको चाल र मान्छेको इच्छा उस्तै: निर्भीक राई

 

गिरिजाप्रसाद कोइराला—
मजदुरीमा दलिँदै थलेको राजनीतिक जीवनमा
नेपालीको सन्तानमध्ये हालसम्ममा सबभन्दा धेरै खेप
प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन सफल व्यक्तित्व भएको ।
जो राष्ट्राध्यक्षको जिम्मेवारीसमेत पाई
फौजी सलाम थाप्ने पहिलो रैती र नेपालको राजसंस्था उखेल्ने
आन्दोलनको नेतृत्व हाँकेको व्यक्तित्व हुँदाहुँदै
नेपालको प्रथमराष्ट्रपति दरिन नपाएको र संविधान नबनाई बित्नु पर्ने
घिडघिडोसंग जीवनको अन्तिम दिनहरु गुजार्न बाध्य भएको ।
नेपोलियन बोनपार्ट—
असाध्य गरिबीको मारमा पिसिएको र
फ्रान्सको सम्राट पनि कहलिएको व्यक्तित्व भएको ।
जो भिड्दाभिड्दै युद्घमैदानमा ढल्नुको साटो भाग्दै गर्दा
शत्रुको हातमा आफूलाई सुम्पी सेन्टहेलेनको अपमानपूर्ण र
पीडाजनक कैदी जीवनमा पछुतोले भुटिँदै बिलाएको ।
म्याडम क्युरी—
३९ वर्षमा विधवा हुनाले
नोबेल पुरस्कार थाप्दाको खुसी भुली विछिप्त हुन नरोकिएकी ।
यासु नारीकावाबाता—
नोबेल पुरस्कारले करोडौबीच चर्चित बनिँदा पनि
विषालु ग्याँस फोक्सोले तानी आफ्नो सास खुस्काएको ।
माइकल ज्याक्सन—
अकूत सम्पत्ति र अपार कीर्ति तुलाउन सफल भए पनि
दर्दबाट मुक्त हुन Pain killer को शरण पर्दा
ऋणको बोझको थिचाइ खेप्दै सेल्टिएको ।
त्यसरी सुख बिर्सी दुःख मात्र सम्झने बानीले गर्दा
अन्ततः मान्छेको जीवन असन्तोष (दुःख) ले जेलिँदै बिलाउने ।
मान्छेको इच्छाहरु हावाझैँ जता र जति पनि बग्ने हुँदा
भकुन्डोमा नथुनुन्जेल हावाको गति नरोकिए झैँ
सास नखुस्कन्जेल मान्छेको इच्छाहरुको गति नरोकिने ।

निर्भीक राई
२०६७ साउन १९, मनमैजु, काठमाण्डू ।
जन्मथलोः नेपालेडाँडा, भोजपुर
पेसा: स्वतन्त्र अध्ययन र लेखन ।

 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.