Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 
Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

कविता

प्रेम पत्र "प्रवाशी लाई "

प्रिय प्रवाशी फलानो
म तिम्रो ................
म तिम्रै .................
तिम्रै म ................
तिम्रै मुटु या निकी म तिम्रै हुँ ।
भावनाबाट अलि माथी उभिएर
उकुस -मुकुस मायाका गन्थनहरुलाई
सानो प्रेम- पत्रम पोख्दैछु
सम्बोधन तिमीलाई सगरमाथा
प्रवाशी, गोर्खली, बहादुरी नेपाली
निसाना पहिचानको नेम्प्लते
यही पहिचानलाई उन्मुक्त बनाउने सयरमा
छुत्तियेका दुई मुटु एक धड्कन
हर समयको रफ्तार संगै
केवल स्मृतिका बिम्बहरुमा प्रतिबिम्बित हुन्छन्
कर्णालीका गहिराइ हुँदै नारायणीका लम्बाइ संगै
तराईका मैदानहरुमा निस्फिक्री भएर
रारा तालमा सङ्लो देख्छु
त्यसैले, प्रिए प्रवाशी फलानो
प्रवाशी जिवनका यादहरुलाई भुलाउन
अलिकती समय झिकेर
जुनेली रातमा आकाश हेर
शान्त समुन्द्रको छल नियाल
पाउने छौ मेरो अनी राष्ट्रको
अघोर चोखो समुन्द्र पारीको माया
प्रिय प्रवाशी फलानो
विश्वाश गर नगर यो तिम्रो जिम्मा हो
तिम्रो यादहरुलाई नाम्छेकी शेर्पेनी दिदिका निगार संगै पीइदिन्छु
साकेलाका धुनहरुमा नचाइ दिन्छु
पालामका सुरहरुमा बहाइ दिन्छु
त्यसैबेला मेरो मायाका चुम्बकले
तिम्रो मुटु तानेर
तिमीलाई हिकी-हिकी बाडुली लाग्दो होला
यसै बेला म तिमीलाई प्रतिबिम्बमा चुम्बन गरिरहेको हुन्छु
ल त प्रिय,
कोक्तेल जिन्दगी लाई
स्मृतिको बोतल बाट
कल्पनाको ग्लासमा
समयको रफ्तारसंगै पिउदा पिउदै
सुन्दर सपनाको जहाजमा
सगरमाथाबाट केचेना आइपुगेछु
पुन: म तिमीलाई अर्को पत्रमा
सगरमाथा सहित चोखो माया लेख्नेछु
त्यसैले हवस त बिदा
प्रिय प्रवाशी फलानो ..............................!!!!!

उशा इङ्नाम
ईवा,तेह्रथुम
हाल: जापान

Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.