Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
साहित्य समाचार
 
 
साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

ब्रुनाई
गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो ।

विभिन्न १० वटा बुदाँहरु माथि ब्यापक छलफल गरि सर्वसम्मत र बहूमतको आधारमा निणर्य भएका छन् । भेलाले रिक्त रहेको केन्द्रिय समितिको उपाध्यक्ष पदमा वेलायतका साहित्यकार सरेसजंग शाह र जापानका साहित्यकार तिलक मल्ललाई चयन गरेको छ त्यस्तै गरि उपसचिवमा युएइका साहित्यकार समदर्शि काँइलालाई चयन गर्यो । महासंघको सल्लाहकारमा गैर आवासिय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई चयन गरेको छ । केन्द्रिय पार्षद सदस्यहरुमा कवी तथा पत्रकार श्याम रिमाल नेपाल, जयन्द्र घिसिङ बहराइन, भानु सुनुवार कतार, सुरेन्द्र लिम्बु लेबनान, चुम लिम्बु थाइल्याण्ड, पुरु जोशि द. कोरिया, गणेश ठाडामगर चीन, र भक्त घिमिरे भुटान न्यूयोर्क अमेरिकालाई थप गरिएको छ ।

भेलाले ब्यापक छलफल र बहस पछि विधान मस्यौदा संयोजक विश्वास दीप तिगेलाले प्रस्तुत गरेको विधानलाई पारित गरेको छ । त्यस्तै गरि विश्वको सबै महादेशहरुलाई समेट्ने ७ तारा अंकित संस्थाको लोगोलाई पारित गर्दै संस्थाको वेभपेज र मुखपत्रको बारेमा पनि निर्णय गर्यो ।

महासंघको पहिलो शाखा रसिया मस्कोलाई हार्दिक बधाई ज्ञापन गर्दै मान्यता प्रदान गर्यो । त्यस्तै गरि उदाउदो तारा साहित्य समाज पेनाङ मलेशिया नेपाली साहित्य प्रतिष्ठान हङकङ अनलाइन नेपाली साहित्य मंच ब्रुनाई÷वेलायत सर्वदा वाङमय साहित्य प्रतिष्ठान यु ए ई प्रवासी नेपाली साहित्य समाज वेलायत/ब्रुनाई लाई पनि सम्त्रन्धन प्रदान गर्ने निर्णय गर्यो ।

भेलाले काठमाडौ सम्पर्क संयोजक शर्मिला खड्कालाई तोक्दै चाडै काठमाडौ शाखा निर्माण गर्ने पनि निर्णय गर्यो त्यस्तैगरि यहि अगष्ट २९ तारिखको दिन मोति जयन्तिको अवसरमा महासंघ केन्द्रिय समितिको मातहतमा साहित्यिक भेला तथा मलेशिया शाखा निर्माण गर्नको लागि केन्द्रिय सदस्य जीवन देवानलाई कार्यक्रम संयोजक तोक्यो ।

भेलामा १० मुलुकबाट दुइ दर्जन पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नेपालको समय वेलुकी ६.३० बाट शुरुभई ५ घण्टा संचालन भएको थियो । भेलाको निमित्त स्काइपी फोन कन्फिरेन्स र चाटिङ दुबै प्रयोग गरिएको थियो । कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको थियो ।

 
 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.