Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
साहित्य समाचार
 
 
विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन.
 

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ ।
विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’ र कोषाध्यक्षमा पूर्ण लिम्बू फागोलाई सर्वसम्मत रुपमा चयन गरिएको छ भने सदस्यहरुमा सोमनाथ सुवेदी, रेशम खत्री र जीतेन्द्र राईलाई चयन गरिएको छ ।

विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका सदस्य एवं कार्यक्रम संयोजक जीवन देवान गाउँलेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय समितिका अध्यक्ष डा. मधु माधुर्यले अनलाईन मार्फत सुभकामना मन्तब्य राख्नु भएको थियो भने केन्द्रिय समितिका अर्थ सहसचिब सर्मिला खड्का दाहालले समेत अनलाईन मार्फत सुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा केन्द्रिय महासचिब विस्वासदीप तिगेलाले संस्था स्थापनादेखि हालसम्मको गतिविधि बारेमा जनाकारी गराउनु हुँदै संस्थाको विषयमा सहभागिहरुले राखेका जिज्ञासाहरुको बारेमा प्रष्ट पार्ने काम गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय समितिका सचिब इन्द्र नारथुङे, सदस्य जीतमान राई ‘सविन’, अनाम मण्डली मलेसियाका अध्यक्ष सिर्जन श्री, नेपाल पत्रकार महासंघ मलेसियाका कोषाध्यक्ष सुन्दर आले साहित्यकार मनि राई गोठाले लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा विनेसाम मलेसिया शाखाको आयोजनामा मोती जयन्ति विशेष साहित्यिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा अनलाईन मार्फत संस्थाका केन्द्रिय अध्यक्ष डा. मधु माधुर्य र आर्थिक सह सचिब सर्मिला खड्का दाहाल, महासचिब विश्वासदीप तिगेला, सचिब इन्द्र नारथुङे, सदस्य जीवन देवान गाउँले, नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सहसचिब युवराज साम्पाङ ‘जेठा’, साहित्यकारहरु मनि राई ‘गोठाले’, रुवेन पुन ‘रन’, सिर्जन श्री, इन्द्र जिजीविषा लगायतले कविता तथा गजलहरु बाचन गर्नु भएको थियो ।

बिश्व नेपाली साहित्य महासंघको स्थापना पछि गठन भएको शाखाहरुमा मलेसिया तेश्रो शाखा बन्न पुगेको छ । यस अगाडि रुस र साउदी अरेबियामा शाखा स्थापना भईसकेको छ ।

स्रोत: नयाँ सामाचार

 
 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.