Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
साहित्य समाचार
 
 
 
अनाथ बालआश्रमलाई सहयोग
 

उदयपुर, २२ डिसेम्बर ११, मंसिर‘प्रवासी नेपाली साहित्य समाज बुनाई/बेलायत’ ले उधौली चाडको अवसरमा १५ डिसेम्बर २०११ का दिन दर्शन अनाथ आश्रम उदयपुर बेल्टारलाई मानवीय सहयोग गरेको छ ।

समाजले अनाथ आश्रममा रहेका सबै बालवालिकाहरुको लागि २ सय किलोग्राम चामल, १ सय किलोग्राम आलु, दाल, तेल, भुजा अनि अन्य थुप्रै खाद्यान्न वस्तुहरुका साथै २० हजार रुपैयाँ नगदको जाडोमा लगाउने लत्ताकपडाहरु वितरण ग¥यो । वितरणको लागि संस्थाका महासचिव आनन्द रानोहोंछा, कोषाध्यक्ष प्रकाश राई अनि सदस्य तथा पूर्व महासचिव नवराज राई बु्रनाईबाट नेपाल आउनु भएको थियो ।

उक्त कार्यक्रम औपचारीक रुपले सञ्चालन भएको थियो । तीन घण्टा लामो यस कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजिवी वर्गहरुको उपस्थिति साथै सामाजिक सेवा बारे मन्तव्य कार्यक्रमले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो । पेशागत रुपले टाढा प्रवासमा रहेर पनि सामाजिक कामको लागि सधैं आफ्नो देश सम्झेका संगठीत संस्थाका सबै पदाधिकारीहरुलाई सबै बुद्धिजिवी वर्गहरुले धन्यवाद अनि शुभकामना ज्ञापन गर्नु भएको थियो । उदयपुर बेल्टार बजारको दशरथ चौकमा सम्पन्न भएको यस कार्यक्रममा करिव ३ सयभन्दा बढी दर्शकहरुको उपस्थिति थियो । कार्यक्रमलाई सुरक्षा दिनको लागि नेपाल सशस्त्र प्रहरी ईलाका बेस क्याम्प प्रमुख रामेश्वर ढकालको नेतृत्वमा सुरक्षा टोलीहरु पनि खटिएका थिए ।

औपचारीक ढङ्गबाट सम्पन्न भएको यस कार्यक्रममा सभापतिको रुपमा समाजसेवी भोजराज खतिवडा, विशेष अतिथि इन्द्र बिनोद घिमिरे, प्रमुख अतिथि आनन्द रानोहोंछा अनि अतिथिहरु सन्त बहादुर राई, मन्दिल श्रेष्ठ, जनक कार्की, कान्ता राई, राम कुमारी राई, किशोर ताम्राकार, आशा राई, ईलाका प्रहरी कार्यालय प्रमुख रामेश्वर ढकाल, राजकुमार देव, ज्ञानेन्द्र प्रधान, पवन कार्की, दिवाकर पौडेल, अर्जुन राई, तारानाथ कटुवाल, भुपाल पौडेल, राजकुमार ओझा, रमेश राई र केशव भट्टराई थिए । कार्यक्रममा स्थानीय पत्रिकाको प्रतिनिधि पत्रकार रामकुमार राई अनि केदार कट्वाल पनि हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमलाई दर्शन अनाथ आश्रम बेल्टारका अध्यक्ष तथा संस्थापक नवराज घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

वेलायतमा सन् २००१ मा स्थापित यस साहित्य समाजले काठमाडौ, धरान लगायतको स्थानहरुका प्रत्येक बर्ष यस्तै कल्याणकारी काम गर्दै आएका छन् । समाजले यसबर्ष तिहारको अवसरमा देउसी खेलेर उक्त रकम जम्मा गरेका थिए ।

 
 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.