सुन्दर ,मेहेनती अनि मिठो मुस्कानको धनि नायिका एलिना बास्कोटा नेपाली चलचित्र क्षेत्रमा पक्कै नौलो नाम हैन ।अहिंशा, आइ एम क्रेजी, अदालत, फेरि फेरि जस्ता नेपाली चलचित्र, केहि भोजपुरी चलचित्र, साउथ इन्डियन फिल्ममा आइटम डान्स र दर्जनौ म्युजिक भिडीयो काम गरिसकेकी नायिका बास्कोटा ललितपुरको धापाखेलमा कुकुर व्यवसाय संचालनगरी त्यसबाट आएको मुनाफाको साथै आफ्नो अन्य आम्दानीबाट सामाजिक सेवामा पनि सक्रिय छिन ।

जन्म स्थान – कलकत्ता तर पुर्खेउली घर गोर्खा

मनपर्ने ठाउँ – मलाई प्राकृतिक छटाले भरिएको चितवन मन पर्छ ।

मनपर्ने व्यक्तित्व – हजुरबुबा, उहाँको प्रेरणाले गर्दा नै आज म सामाजिक कार्यमा पनि सक्रिय छु ।

मनपर्ने परिकार – खानेकुरामा म त्यति सोख राख्दिन, सामान्य नेपाली खाना

मनपर्ने पेय पदार्थ – फ्रेस जुस

मनपर्ने गीत – प्राय सबै सुन्छु, मुड र परिवेश अनुसार फरक फरक

मनपर्ने गायक / गायिका – अन्जु पन्त

मनपर्ने फिल्म – नेपालीमा माइतीघर अनि बलिउडमा दिलवाले दुल्हनिया ले जायेंगे

मनपर्ने अभिनेता / अभिनेत्री – महानायक राजेश हमाल

मनपर्ने पुस्तक – बाइबल

फुर्सदको समयमा – फुर्सद त प्राय हुन्न, भएको बेला जुम्बा डान्स, मोबाइलमा गेम खेल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *