काठमाडौं : बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ।
संक्रमण बढ्न थालेपछि उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको संयुक्त बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म एक साता निषेधाज्ञाको निर्णय लिएको साथै अनुमोदनको लागि गृहमन्त्रालय पठाइएको र उक्त सिफारिसलाई गृहमन्त्रालयले अनुमोदन गरेको स्रोतले जानकारी दिएको छ। अन्य जिल्लाको हकमा निर्णय गर्ने सम्पूर्ण अधिकार सीडीओलाई दिइएता पनि उपत्यकामा गृहमन्त्रालयसँग समन्वय हुँदै आएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवा बाहेक अरु सबै ठप्प रहनेछन् साथै सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबार एकै दिन २०५ जनामा संक्रमण देखिएपछि निषेधाज्ञाको निर्णय लिइएको हो।
