सरकारले बिहिवार देखि लागू हुनेगरी काठमाडौ उपत्यका सहित २०० भन्दा बढी कोरोना सक्रिय केस भएका जिल्लाका सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयले बुधबार बिज्ञप्ति जारी गर्दै जोर-बिजोर लागु भएका स्थानमा बेलुका ९ बजे देखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने र काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका सबै सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ सम्म आवागमन निषेध गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *