काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ग्लाल्जेन दोर्जे तामाङ सहित ९ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका स्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको उक्त गीत दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलमा अपलोड भएको थियो। राष्ट्रिय झण्डा जलाइएको र समाजमा अराजकता फैलाउने खालको भिडियो अपलोड भए लगत्तै सामाजिक संजालमा भाइरल हुनुको साथै तत्काल कारवाही गर्न प्रहरीलाई सामाजिक संजालमार्फत अनुरोध गरिएको थियो ।

स्मरण रहोस्, मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *