काठमाडौं, ३० साउन
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने गरी निषेध जारी गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर बैठकले खुल्ला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा जुलस गर्न, जात्रा मनाउन निषेध गर्ने निर्णय गरेको छ साथै दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरुमाथि समेत निषेध गरिएको छ । निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुने पनि बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *