विराटनगरमा जन्मिएकी गायिका तथा मोडेल नितु पौडेलको खासमा पुर्ख्यौली घर रसुवा हो । हाल गायिका तथा मोडेल पौडेल काठमाडौमा बसोबास गर्छिन् । गायन तथा मोडलिङ क्षेत्रमा संघर्षशील पौडेलले केहि गीतमा आफ्नो आवाज दिएकी छिन् भने दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् ।
जन्म स्थान – विराटनगर तर पुर्खेउली घर रसुवा
मनपर्ने ठाउँ – मलाई प्राकृतिक सुन्दरताले भरिएको जुनसुकै ठाउ मन पर्छ । खासमा मुस्ताङ र कालिन्चोक
मनपर्ने परिकार – खानेकुरामा प्राय सबै मन पर्छ यो उ भन्ने छैन
मनपर्ने पेय पदार्थ – फ्रेस जुस
मनपर्ने गीत – प्राय सबै सुन्छु, हरेक गीत बाट केही न केही सिक्ने मेरो कोशिस रहन्छ
मनपर्ने गायक / गायिका – गायिका प्रबिसा अधिकारी र अन्जु पन्त अनि बिदेशीमा नेहा कक्कड, श्रेया घोषाल
मनपर्ने फिल्म – प्राय फुर्सदमा हेर्छु , राम्रो कथावस्तु भएका सबै मन पर्छ ।
मनपर्ने अभिनेता / अभिनेत्री – सबैको आ-आफ्नै खालको कला हुन्छ, अनि फिल्ममा भुमिका पनि, यो त्यो भन्ने छैन सबै कलाकार मन पर्छन अनि सबैलाई बराबर सम्मान नि गर्छु
मनपर्ने पुस्तक – सकारात्मक सोच भएका पुस्तक मलाई मन पर्छ अनि धार्मिक पुस्तक
फुर्सदको समयमा – फुर्सदमा प्राय साथीहरू सगै फिल्म हेर्न अनि स्विमिङ गर्न जान्छु, घरमै भएको बेला गीत गुनगुनाउनु र गीत सुन्नमा नै ध्यान केन्द्रित रहन्छ