पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले शुक्रबार बिहान ट्वीट मार्फत देश संकटतिर जाँदै गरेको उल्लेख गर्दै संकटमोचनको लागि ५ वटा उपाय सुझाएका छन् ।
नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्न, अपराधको संरक्षण गरेको भन्दै प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न, अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान र तत्काल संसद अधिबेशन बोलाउन सुझाव दिएका छन ।