कोरोनाको कहर, सिमा विवाद र राष्ट्रिय चासो सरोकारको मुद्दा ओझेलमा पर्ने गरि देखिएको नेकपा विवादको अन्य हुने संकेत प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।


एपी-वान टेलिभिजनबाट प्रसारित ‘द ब्राभो डेल्टा शो’
मा वरिष्ठ पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्ताको क्रममा पार्टीभित्र जारी गतिरोध पाँच दिनभित्र अन्त्य हुने दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। ओलीले आफू पार्टी मिलाउन, एकताबद्ध राख्न, फुट्न नदिन आफ्नो सम्पूर्ण प्रयास रहेको र पार्टी फुटाउन कसैले नसक्ने समेत बताएका छन् ।


प्रधानमन्त्रीको दाबी अनुसारको परिणाम आउँछ या नेकपाको विवाद अझै गम्भीर मोडमा पुग्छ यो त भविस्यको गर्भमै छ तर प्रधानमन्त्रीको दाबीको काउन्टडाउन भने सुरु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *