चिनियाँ विदेश मन्त्रालयले शुक्रबार सिचुवान प्रान्तको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ। अमेरिकाले ह्युजटनको महावाणिज्य दूतावास बन्द गर्न भनेपछि, चीनले पनि छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई भनेको हो।

चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘चीन-अमेरिका सम्बन्ध अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यो चीनले हेर्न चाहेको दृश्य होइन यसका लागि पूर्ण रूपमा अमेरिका जिम्मेवार छ। हामी फेरि पनि अमेरिकालाई आफ्नो गलत निर्णय तत्काल फिर्ता लिएर दुई देशको सम्बन्धलाई पुरानै लयमा ल्याउने वातावरण बनाउन आग्रह गर्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *