काठमाडौं ।
तीजको अवसरमा ट्विटमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन अनुरोध गर्नुभएकाे छ साथै प्रधानमन्त्री ओलीले आफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन आग्रह समेत गर्नुभएकाे छ ।

उहाँले ट्वीटमार्फत भन्नुभएकाे छ- ‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ-आफ्नाे जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुराेध गर्दछु । तीजको हार्दिक शुभकामना !’

‘यस बर्षकाे तीज काेरोना महामारीले सिर्जना गरेकाे कष्टकर परिस्थितिका बीच मनाउनु परेकाे छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासकाे अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *